कुनै एक व्यक्तिले अर्को व्यक्ती विरुद्ध कुनै विवाधीत तथ्य लिई अदालतको शरणमा न्यायको मागगरी आउँछ भने त्यसलाई मुद्धा भनिन्छ र मुद्दा दर्ता गर्ने प्रक्रिया यस्तो रहेको छ। मुद्धा सामानयतय २(दुई) प्रकारका हुन्छन,
देवानी मुद्धा
कसैको व्यक्तीगत जिवन ,सम्पती पद, वा पारिवारिक सम्बन्धसँग सम्बन्धसँग सम्बन्धित मुद्दालाई देवानी मुद्दा भनिन्छ। जस्तै, अंश, अपुताली, लेनदेन, करार सम्बन्धी, सम्बन्ध विच्छेद, नाता कायम, दुष्कृतिसँग सम्बन्धित मुद्दा देवानी अन्तर्गत पर्छन् ।
फैजदारी मुद्धा
कानुनले निषेध गरेको कुनै पनि काम गरेमा त्यस्ता व्यक्तीलाई कानुन बमोझीम कैद सजाय वा कम्तीमा एक रूपैयाँ जरिवाना हुन्छ भने त्यस्ता मुद्धालई फौजदारी मुद्दा भनिन्छ । जस्तै, १८ वर्ष नपुगेका नाबालकसित सहमतिमा शारीरिक सम्पर्क गरे पनि जबरजस्ती करणी हुन्छ र यसमा १० वर्षदेखि जन्म कैदसम्म हुन सक्छ। यस्तो घटना फौजदारी मुद्दामा दर्ता हुन्छ ।
मुद्धा दार्ता गर्न प्रथमता व्यक्तीलाई जहिलयै पनी हकदैया, हदम्याद र अधिकार क्षेत्र आवश्यक पर्दछ । यि ३ वटा कुराहरु नभएमा मुद्धा गर्न सकिँदैन ।
देवानी मुद्धा दर्ता गर्ने प्रक्रिया
देवानी मुद्धा दर्ता गर्न सम्बन्धित पक्ष सँगको सम्बन्ध, कारोबार, लेनदेन भएको मिती स्थान र समय खुलाई आफु स्वयमं वा आफनो वारेस,कानुन व्यवसायी वा अख्तियार प्रप्त मानिस मार्फत फिराद पत्र दिई दर्ता गर्न सकिन्छ ।
फिराद शाखा
यसको लागी अदालतमा रहेको फिराद शाखामा फिराद लिई जाने, त्याहाँ हकदैया, हदम्याद र अधिकार क्षेत्र सहित रित पुगेको वा नपुगेको जाँच गरिन्छ र पुगेको भए लगत शाखामा पठाईन्छ ।
लगत शाखा
याहँ जो व्यक्ती उक्त फिराद दर्ता गर्न आएको छ , निज कुनै फैजदारी कसुरमा संगलगता छ वा छैन, अदालतको कुनै दणड जरिवाना तिर्न बुझाउन बाँकी छ वा छैन भनि हेरिन्छ ।
बैंक
यस शाखामा फिराद दर्ता गरे बापत लाग्ने कोर्ट फी रकम तिर्नुपर्छ ।
अदालतको फाईलमा राखि बुझाउने
माथी उल्लेखीत कार्यहरु गरे पश्वात अदालतले दिएको फारममा रहेको स्वघोषडा फारम, तारेख भरपाई भरी १ फोटो सहित फाईल दिएपछी फिराद दर्ता गरिन्छ ।
मलाई देवानी मुद्दा दर्ता गर्नु छ।
फैजदारी मुद्धा दर्ता गर्ने प्रक्रिया
फैजदारी मुद्धा २ प्रकारका हुन्छन ।
- सरकारवादी फैजदारी( यस्ता मुद्धाको उठान जाहेरी वा प्रहरी प्रतिवेदनबाट हुन्छ)
- व्यक्तीबादी फैजदारी(यस्ता मुद्धाको उठान जाहेरी वाट हुन्छ ।
- जाहेरी दरखास्त दर्ता भए पश्चात , कसुरदारलाई पक्राउ गरी अनुसन्धान गरिन्छ ।
- अनुसन्धान सकिए पश्चात जिल्ला सरकारी वकिलको समक्ष अनुसन्धान प्रतिवेदन बुझाईन्छ ।
- अन्तयमा त्यस प्रतिवेदनको अधारमा मुद्धा चल्ने वा नचल्ने निर्णय गरी चल्ने भए अदालतमा मुद्धा दर्ता गरीन्छ ।
सामान्यतय मुद्धाको उठान जिल्ला अदालत बाट हुन्छ । कुनै खास किसीमका मुद्धा विशेष वा सर्वोच्च अदालतबाट उठान हुने भनी उल्लेख भएमा त्यस्ता मुद्धाको उठान विशेष वा सर्वोच्च अदालतबाट हुनेछ ।
अन्य मुद्धाहरु
- अर्थिक मुद्धाहरु उच्च अदालतको वाणिजय ईजलास बाट सुरु वा उठान हुनेछ ।
- मजदुर वा मजदुरीसँग सम्बन्धित मुद्धाहरु ( labor court) बाट सुरु हुनेछ ।
- प्रशासन सम्बन्धी मुद्धाहरु(administrative court) बाट सुरु हुन्छ ।
माथी उल्लेखित अदालतहरुमा मुद्धाहरु उजुरी वा निवेदनको आधरमा उठान हुने गर्दछन ।
अतःमुद्धाको प्रकृती, अवस्था हदम्याद ,हकदैया र अधिकार क्षेत्रको आधारमा मुद्धाको उठान वा दर्ता हुनेछ । नेपालमा मुद्धा दर्ता गर्ने प्रकीया मुद्धाको प्रकृतीको आधार अनुसार फरक फरक पर्न जान्छ ।
नेपालमा मुद्दा दर्तागर्नुपरेमा प्राईम ल एसोसिएट्समा १०+ वकीलहरु हुनुहुन्छ। हामीलाई यसरी सम्पर्क गर्न सक्नुहुनेछः
मुद्दा दर्ता गर्नको लागि तलको फारम भर्नुहोला
Disclaimer: This article is for informational purposes only and shall not be construed as legal advice, advertisement, personal communication, solicitation or inducement of any sort from the firm or any of its members. The law office shall not be liable for consequences arising out of any action undertaken by any person relying on the information provided herein.